हेटौंडाका श्रीराम अर्जुन पुरस्कृत

हेटौंडा–चलचित्र पत्रकार संघ नेपालले यस वर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट हेटौंडाका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।

संघले घोषणा कोरोना भाइरस महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीन वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । चलचित्र पत्रकार संघले २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ ।

सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही ५१ हजार छ । सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सोही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम बिकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

२०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुबेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णुप्रसाद सुबेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

‘हामीले कोरोना भाइरस महामारीमा गर्न नसकेको पुरस्कार तथा सम्मानलाई एकै पटक प्रदान गर्ने गरी घोषणा गरेका छौं । यसलाई एकै पटक प्रदान गर्ने तयारी छ,’ अध्यक्ष सिटौलाले भने । संघले कार्यक्रम गरेर सम्मान तथा पुरस्कार प्रदान गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here