थप १६ जनामा संक्रमण पुष्टि

थप १६ जनामा संक्रमण पुष्टि

काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

२ हजार १ सय २१ जनाको पीसीआर परीक्षणमा १० जना र ९ सय २८ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ जना निको भएका छन् भने हाल देशभर १ सय ९ जना सक्रिय संक्रमित छन् । ती सबै होम आइसोलेसनमा छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५ सय २५ पुगेको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ छ भने ९ लाख ६७ हजार १ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन मेडिकल कलेजले कोरोना संक्रमितको उपचारमा ठगी गरे÷नगरेकोबारे फेरि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय चितवनलाई पुनः अनुरोध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको जानकारी गराउँदै त्यससम्बन्धमा डीसीसीएमसीको बैठक बसेर पुनः निर्णय पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।

डीसीसीएमसीको बैठकले यसअघि एउटा निर्णय पठाइसकेको अवस्थामा मन्त्रालयले पुनः आफ्नो अधिकृतको रोहबरमा बैठक राखी निर्णय पठाउन भनेको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मन्त्रालयबाट पत्र आएको जानकारी दिए । तर, प्रशासन कार्यालयले दोस्रोपटक यही मुद्धाका लागि बैठक राखेको छैन ।

सरकारसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) ले संक्रमितसँग रकम असुलेको भनी अख्तियारमा फागुनमा मुद्धा परेको छ । चितवन मेडिकल कलेजले सरकारसँग उपचारबापत् ११ करोड सोधभर्नाका लागि निवेदन दिएको छ ।

आफूहरुसँग पैसा लिएर पुनः सरकारसँग पनि सोही पैसा सोधभर्नाका लागि लिन खोजेको सूचना पाएपछि केही संक्रमित आफूले अस्पतालमा तिरेको बिलसहित प्रशासन कार्यालय पुगेका थिए । सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स्, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शैøयाको शुल्क लिन पाउँदैनन् । दिनमा ४ छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउण्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर, संक्रमितहरु भने आफूहरुले निःशुल्क भनेको सेवाको पनि उपचार शुल्क तिरेको बताउँछन् ।

संक्रमितको उपचार व्यवस्थापनसम्बन्धमा सम्झौता भएका अस्पतालले २०७८ बैशाखदेखि असार १५ सम्म उपचार गरिएकाको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो । सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३ हजार ५ सय र आईसीयु तथा भेन्टिलेटरमा बसेकाको उपचारमा दैनिक १५ हजारमात्र लिन पाउने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here