Tuesday, October 22, 2024

वागमतीका सबै स्थानीय तह प्रमुख/उपप्रमुख हेटौंडामा

ताजा / भरखरै प्राप्त

‘विकास भनेको सडकमात्र होइनहरि हुमागाईं

हेटौंडा–वागमती प्रदेशका सबै १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख हेटौंडामा भेला भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा शुरु अभिमुखीकरणमा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी भएका हुन् ।

कार्यक्रमको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले विकास भनेको भौतिक पूर्वाधार र सडक निर्माणमात्र नभएको बताए । संविधानको मर्मअनुसार काम गर्न आग्रह गरेका उनले भने–डोजरे विकासबाट बाहिर आएर एकल महिला, लोपोन्मुख, सीमान्तकृत जातिका लागि के गर्नुभयो, के गर्दै हुनुहुन्छ, ध्यान दिनुहोस् । अब आउने बजेटमा उक्त कुरा समावेश गर्नेमा ध्यान दिनुहोस् । ‘वागमती प्रदेश स्थानीय सरकारसँगै हिँड्न चाहन्छ,’ उनले भने । असार १० गते स्थानीय तहले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनालाई समेट्न उनले आग्रह गरे । ‘तपाईंहरु जुनजुन पार्टीबाट निर्वाचित भए पनि अब सबै जनतालाई सेवा गर्न तयार हुनुहोस्,’ मुख्यमन्त्री पाण्डेले सुुझाए ।

स्थानीय तहका आवश्यकताअनुसार बनेका कानुन आफंैले कति कार्यान्वयन गरियो भनेर समीक्षा गर्न उनले आग्रह गरे । भने–पुरानाले के गर्नुभयो, अब तपाईंहरुले कानुन बनाउनुअघि घनीभुत छलफल गर्नुहोस् अनि बनेका कानुन अक्षरशः कार्यान्वयन गर्नहोुस् । कानुन नबनाइ शासन गर्छु भन्नु छाडा रहेको उल्लेख्य गर्दै मुख्यमन्त्री पाण्डेले भने–कानुन बनाउनुहोस् र पूरा कार्यान्वयन गर्नहोुस् ।

संघ सुन्ने सरकार हो । प्रदेश नजिक सरकार हो । स्थानीय सरकार जनताले काखमा टाउको राखेर रुने सरकार हो । यो जनमुखी हुनुपर्छ । चुनावमा जे पनि गर्छु भन्ने अनि ब्याक हुने काम नगर्न उनको आग्रह छ ।

प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको सभाध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा स्थानीय तह विज्ञ डा खिमलाल देबकोटाले स्थानीय सरकार सञ्चालन र विकासबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, सुरक्षा निकाय प्रमुखहरु, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख र उपप्रमुखको सहभागिता छ । कार्यक्रम मंगलबारसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।

बालेन क्रेज
उद्घाटन कार्यक्रममा आकर्षणको केन्द्र बनेका थिए काठमाडौं महानगर मेयर÷उपमेयर बालेन्द्र शाह र सुनिता डंगोल । युवा उमेरमै संघीय राजधानी एवम् देशकै ठूलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरु कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बने । दुई जनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालन सम्बन्धि अनुभव आदानप्रदान गरेका थिए । सहभागीले तस्बीरका लागि अनुरोध गरेपछि बालेन्द्र र सुनितालाई भ्याइनभ्याइ भएको देखिन्थ्यो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles