हेटौंडाका युवा वैज्ञानिक ग्लोबल फोरममा

हेटौंडा–हेटौंडाका २३ वर्षीय युवा वैज्ञानिक निश्चल बानियाँ जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि फ्रेमवर्कको आठौं ग्लोबल फोरम अफ युवा संसद् सदस्यमा बालबालिका र युवा निर्वाचन क्षेत्रका प्रतिनिधिमा मनोनित भएका छन् ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा केमिकल इञ्जिनियरिङ र टेक्नोलोजीको स्नातक विद्यार्थी हाल उनी जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघको कन्भेन्सन फ्रेमवर्कको बालबालिका र युवा निर्वाचन क्षेत्रको आणविक निशस्त्रीकरण, अप्रसार, र सशस्त्र नियन्त्रण, र जलवायु परिवर्तन कार्य समूहको नेतृत्वका रुपमा काम गर्दैछन् ।

उनलाई अन्तरसंसदीय संघ र इजिप्टियन हाउस अफ रिप्रिजेन्टेटिभले युवा सांसद्को आठौं ग्लोबल फोरममा आमन्त्रित गरेको थियो । इजिप्सियन हाउस अफ रिप्रिजेन्टेटिभ्सले अन्तर्राष्ट्रिय संसदीय संघसँगको सहकार्यमा इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीको संरक्षणमा शर्म अल शेखमा जुन १५ देखि १६ सम्म युवा सांसद्को आठौं विश्व सम्मेलन आयोजना गर्दैछ ।

इजिप्टका सांसद सहर एल बजार हाल युवा सांसद्को आठौं ग्लोबल फोरमका अध्यक्ष छन् । युवा संसद् सदस्यको वार्षिक ग्लोबल सम्मेलन युवा सांसद्लाई भेट्न, आदानप्रदान गर्न, सिक्न र युवा सशक्तीकरणलाई अगाडि बढाउन साझा र नवीन रणनीति पहिचानका लागि एक अद्वितीय प्लेटफर्म भएको बताइएको छ ।

पेरिस सम्झौतानुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र ग्लोबल वार्मिङ १.५ डिग्री सेल्सियसभन्दा माथि नहोस् भन्ने सुनिश्चित गर्न संसदीय कार्यमा समन्वय गर्न विश्वभरका युवा सांसद्को आठौं ग्लोबल सम्मेलनले विश्वभरका युवा सांसद्लाई एकसाथ ल्याउनेछ । वार्षिक कार्यक्रममा युवालाई सशक्तीकरण गर्ने र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्धामा विचार आदानप्रदान गर्ने लक्ष्यका रुपमा ९० देशका चार युवा सांसद्को प्रतिनिधिमण्डलले भाग लिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here