Tuesday, October 22, 2024

बानियाँलाई मुख्यमन्त्री बन्न नदिने दाउमा पाण्डे

ताजा / भरखरै प्राप्त

हरि हुमागाईं
हेटौंडा–वागमती प्रदेश सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने ‘सहमति’ गरेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति तोड्न केन्द्रमा लविङ सुरु गरेका छन् । औपचारिकरुपमा मुख्यमन्त्री नछाड्ने बताइरहेका छन् उनी । सहमतिआनुसार इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्न नदिने दाउमा पाण्डे लागेका हुन् ।

पहिलो ६ महिना पाण्डे मुख्यमन्त्री बनेर पछिल्लो ६ महिना बानियाँ मुख्यमन्त्री बन्ने ‘सहमति’ भएको थियो । तर, बजेट प्रस्तुत गरेर संसद्बाट पास भएपछि मुख्यमन्त्री परिवर्तन गर्ने भनिए पनि त्यसअनुसार नहुने भएको छ ।

पहिलेको सहमतिअनुसार आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएका प्रदेश सरकारका एक मन्त्रीले बताए । सहमतिअनुसार काम गर्ने हो भने बजेट पास भएपछि पाण्डेले मुख्यमन्त्री छोड्नुपर्ने उनले बताए । पहिलेको सहमतिअनुसार असार १ गते बजेट ल्याएर संसद्बाट बजेट पास भएपछि मुख्यमन्त्री छाड्ने भनिए पनि त्यसलाई तोडेर कार्यकालभर आफंै मुख्यमन्त्री बन्ने दाउमा पाण्डे छन् ।

मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समीकरण तलमाथि हुनसक्ने बताएका छन् । ्उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिकरुरूपमै भनिसकेकाले अहिले प्रचार गरिएजस्तो वागमती प्रदेश समीकरण नबदलिने दाबी गरे । ‘प्रधानमन्त्रीज्यु आफंैले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ । त्यसैले सरकार फेरबदलको सम्भावना छैन,’ उनले भने । गत कात्तिकमा तीन दल मिलेर वागमतीमा गठबन्धनको सरकार बनेको थियो । त्यतिबेला नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व पाएको थियो । पार्टीबाट पाण्डे मुख्यमन्त्री बनेका थिए ।

कात्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधाआधा अर्थात् ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा (एस) र नेपाली कांग्रेसबीच भएको थियो । हाल नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ । ‘सहमतिअनुसार बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो,’ कांग्रेस सांसद्समेत रहेका एक सदस्यले भने–सहमतिअनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ । ती मन्त्रीले बजेट पास भएपश्चात् नयाँ समीकरण बन्नसक्ने बताए । तर, मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए ।

नेकपा (एस) का उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समीकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समीकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमात्र समीकरण परिवर्तन हुने जानकारी दिए । ‘प्रदेश सरकार माथिबाट बनेको हो । यहाँबाट बनेको होइन । माथिबाट सञ्चालित छ । गठबन्धनका शीर्ष नेताहरुबीच जे सहमति बन्छ, त्यसैले सरकार समीकरणको आगामी बाटो तय गर्छ,’ उनले भने ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles