Tuesday, October 22, 2024

ताजा / भरखरै प्राप्त


मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलिले मात्र एकमहिनाको सानोअवधिमा करोडौंको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलिले करोडौंको अबैध सामान बरामद गरेको हो।
गत साउन मसान्तमा ४ करोड ५२ लाख ,४३५ रुपैया बराबरको भारत बाट अबैधरूपमा भित्रयाईएको कपडा,किराना, हार्डबेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबंधित निकायको जिम्मा लगाईएको डिआईजी मगरले रातोपाटी लाई बताएका छन् ।
त्यसैगरी १ करोड ८४ लाख,६५ हजार बराबरको तस्करी लगायत विभिन्न अबैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।सोहि
अवधिमा स्रोत नखुलेको १७ लाख,८२५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ । त्यस्तै ६ लाख ६१ हजारको चौपाया,८ लाख १६ हजार बराबरको अबैध काठ,बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध,७६० किलोग्राम गांजा बरामद गरेको छ । साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार,८६ पटक ज्वाईंट गस्ती,९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ । सशस्त्र प्रहरीको सक्रियताले बिगतको भन्दा तस्करी कम हुंदैगएको दाबी गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles