Friday, January 17, 2025

४ लाखका अवैध समानसहित ५ जना नियन्त्रणमा :कञ्चनपुरमा चार लाख ३९ हजार रुपैयाँ बराबरको अवैध समानसहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ,! विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका-४ को बसपार्कबाट भन्सार छली गरेर भित्र्याइएका अवैध समानसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।उनकाअनुसार तरकारी, लेडिज कपडा, आलु, मिश्री, प्याज, दुई वटा मोटरसाइकल, एउटा स्कुटर र तीन वटा साईकल समेत गरेर चार लाख ३९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको हो भने समान ओसारपसारमा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिइएको छ । तर उनीहरुको परिचय सार्वजनिक गरिएको छैन ।उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ,!

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles