Tuesday, October 22, 2024

सशस्त्रका इन्सपेक्टर केसीलाई गृहको स्पष्टीकरण

ताजा / भरखरै प्राप्त

। गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा समीर केसीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले लामो समयदेखि जानकारी नै नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित रहेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । केसीलाई सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको तयारीसमेत भएको छ ।यसअघि गैरहाजिर रहेको मनासिब कारण ७ दिनभित्र पेश गर्नसमेत केसीलाई मन्त्रालयले आग्रह गरेको थियो । तर केसी सम्पर्कमा नआएपछि मन्त्रालयले प्रस्टीकरण मागेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles