Tuesday, October 22, 2024

नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन

ताजा / भरखरै प्राप्त

एमाले, रास्वपा र राप्रपाको विरोध, लोसपा र जनमतद्वारा स्वागत

ट्रेन्डीङ :

निर्वाचन

Unicode

नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन

एमाले, रास्वपा र राप्रपाको विरोध, लोसपा र जनमतद्वारा स्वागत

नेपालबहस संवाददाता

जेठ १७, २०८० बुधबार १८:३०:३५

62Shares

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
linkedin sharing button
sharethis sharing button

AA

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका विषयमा राजनीतिक दलहरुले मिश्रित धारणा राखेका छन् । केही प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् भने सत्तारुढ दलहरुले स्वागत गरेका छन् । 

प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमाणिकरण खुलेर विरोध गरेका छन् । विधेयक प्रमाणिकरणले राष्ट्र हितविरुद्ध कदम उठाएको रुपमा व्याख्या गरेका छन् ।https://www.facebook.com/plugins/like.php?href=https%3A%2F%2Fwww.facebook.com%2FNepalbahasonline&width=450&layout&action&size&share=false&height=35&appId=726491772168197

रास्वपाका सभापति रबि लामिछानेले नयाँ संसदमा छलफल नै नगराई पहिलेका सरकारले पठाएको विधेयकलाई प्रमाणिकरण गरेको भन्दै राष्ट्रको हितविरुद्ध भएको बताएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्। ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

यस्तै, राप्रपाका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गराउने सत्तारूढ दल सत्ता  स्वार्थमा गोटी बनेर आत्मसमर्पण गरेको आरोप लगाएका छन् । उनले दलहरुले सत्ता स्वार्थका लागि जस्तोसुकै तहका गल्ती गरेकै कारण आफूहरुले राजसंस्थाको वकालत गरेको बताए । 

प्रमुख प्रतिपक्ष एमालेले विवादस्पद र निष्क्रिय नागरिकता विधेयक गरेर राष्ट्रपतिले गल्ती गरेको बताएको छ । एमाले महासचिव शंकर पोखरेलले नागरिकताको सम्वैधानिक प्रबन्धको ठाडो उल्लंघन भएको बताएका छन् । 

उनले सामाजिक संजालमा लेखेका छन्,  ‘विधेयक प्रमाणीकरणले यी प्रश्नको उत्तर खोजेको छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिक्टलाई उपेक्षा गर्न मिल्छ ? पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ ?’

उनको प्रश्न छ, ‘नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेकलाई प्रमाणीकरण गर्न मिल्छरु संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ?’

यसैबीच मधेश केन्द्रित दलहरुले भने प्रमाणिकरणको स्वागत गरेका छन् । लोसपाm जनमत र तराईबाट स्वतन्त्र निर्वाचत सांसदहरुले नागरिकता विधेयक प्रमाणिकरण गरेर स्वागतयोग्य काम गरेको भन्दै स्वागत गरेका छन् । लोसपाका अयक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष सिके राउतले प्रमाणिकरणले नागरिक लिन वञ्चित तराईका नागरिकलाई नागरिकता प्रमाणपत्र लिने बाटो खुला भएको बताए ।

नेपालमा जन्मिएका आधारमा ‘जन्मसिद्ध’ नागरिकता पाएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने र नेपालीसँग विवाह गर्ने विदेशी महिलालेलाइ साविकभन्दा चाँडो नागरिकता  दिलाउन खाेजिएकाे भन्दै विरोध जनाएका हुन् ।

नेपालका तराई क्षेत्रमा भारतबाट आएर भारतीय नागरिक थुप्रैले झुटा विवरण बनाएर ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका र तिनबाट जन्मिएका नागरिकले नेपाली वंशजको नागरिकता लिने बाटो खुला भएबाट राष्ट्रको हितविपरीत कदम भएको भन्दै विरोध सुरु भएको हो ।

यसैबीच एमाले समर्थित युवा संघले प्रमाणिकरणकाे विराेधमा काठमाडाैंमा बुधबार बेलुका राँके जुलुससहित प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीहरुले राष्ट्रपति पौडेलविरुद्ध चर्का नाराबाजी गर्दै पुत्ला जलाएका छन् ।

62Shares

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
linkedin sharing button
sharethis sharing button

नेपालबहस संवाददाता

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ

सम्बन्धित पोस्ट

भौगोलिक अखण्डताको पक्षमा सरकार दृढ रहेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

भौगोलिक अखण्डताको पक्षमा सरकार दृढ रहेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

जेठ १७, २०८० बुधबार

कतै नभएको छाडापन नेपालमा आयो, सांस्कृतिक पतनले युट्युब हेर्न पनि एकान्तमा जानु पर्छः ओली

कतै नभएको छाडापन नेपालमा आयो, सांस्कृतिक पतनले युट्युब हेर्न पनि एकान्तमा जानु पर्छः ओली

जेठ १७, २०८० बुधबार

राष्ट्रपति पौडेलद्वारा ५ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा ५ देशमा गैरआवासीय राजदूत नियुक्त

जेठ १७, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ

बैतडीका स्थानीय कालिगढ तथा कलाकर्मी जयको स्वास्थ्यमा सुधार, उपचार गर्न विभिन्न ठाउँबाट सहयोग हुँदै

बैतडीका स्थानीय कालिगढ तथा कलाकर्मी जयको स्वास्थ्यमा सुधार, उपचार गर्न विभिन्न ठाउँबाट सहयोग हुँदै

नेपालबहस संवाददाता

जेठ १५, २०८० सोमबार

प्रहरीलाई हतियार खरिदको बाटो खुला, यही बर्ष खरिद गर्ने तयारी

प्रहरीलाई हतियार खरिदको बाटो खुला, यही बर्ष खरिद गर्ने तयारी

नेपालबहस संवाददाता

जेठ १७, २०८० बुधबार

रेशम चौधरीलाई दिएको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता

रेशम चौधरीलाई दिएको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपालबहस संवाददाता

जेठ १६, २०८० मंगलबार

योजना थिएन, बाध्य भएर सांसदलाई पैसा दिनुपर्योः प्रधानमन्त्री

योजना थिएन, बाध्य भएर सांसदलाई पैसा दिनुपर्योः प्रधानमन्त्री

नेपालबहस संवाददाता

जेठ १६, २०८० मंगलबार

लोकप्रिय

प्रहरीलाई हतियार खरिदको बाटो खुला, यही बर्ष खरिद गर्ने तयारी

जेठ १७, २०८० बुधबार

भैरहवा विमानस्थलमा भारतीय सुरक्षाकर्मी राख्नुपर्ने भारतको शर्त

जेठ १७, २०८० बुधबार

देउवा निवास धुम्बाराहीमा नेविसंघको नाराबाजी

जेठ १७, २०८० बुधबार

छुटाउनुभयो कि?

सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन र विपन्नकाे नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन र विपन्नकाे नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

जेठ १७, २०८० बुधबार

भौगोलिक अखण्डताको पक्षमा सरकार दृढ रहेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

भौगोलिक अखण्डताको पक्षमा सरकार दृढ रहेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

जेठ १७, २०८० बुधबार

कोशीकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

कोशीकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

जेठ १७, २०८० बुधबार

नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन

जेठ १७, २०८० बुधबार

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

जेठ १७, २०८० बुधबार

मछिन्द्रले सातदोबाटोलाई ३–१ गोलले हरायो

logo

महत्वपूर्ण लिंक

Editor-In-Chief

Indra Rijal

Publisher

Sadawahar Media House Pvt.Ltd

Contact no
Email
https://snowberry.prixa.net/saas-manager/footer/embed-code

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles