Tuesday, October 22, 2024

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण,नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री

ताजा / भरखरै प्राप्त

राजनीति समाचार

Jansuchana NewsLeave A CommentOn राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण,नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् ।

बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए ।

सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय क्रान्तिकारी कदम भएको प्रतिक्रिया दिएका छन् ।

चारदिने भारत भ्रमणका लागि त्यसतर्फ जाने क्रममा बुधबार दिउँसो  प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण ठूलो क्रान्तिकारी कदम भएको बताएका हुन् ।

नेपाल एयरलाइन्सको जहाज आरए २१७ मा मार्फत भारत जाने क्रममा विमानमा रहेका भ्रमण टोलीका सदस्य र अन्य यात्रीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रमाणीकरणबारे दुई थरीको विचार आए पनि यो ठूलो क्रान्तिकारी कदम भएको बताएका हुन् ।

यसले दशकौंदेखि नागरिकताबाट बन्चित नेपाली छोराछोरीले नागरिकता पाउन सहज भएको प्रधानमन्त्रीको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles