Thursday, November 14, 2024

पर्सा र चितवनमा भेटियो नक्कली नोट, जुत्ता किनेर दिएका थिए हजार रुपैयाँ

ताजा / भरखरै प्राप्त


पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ,! शनिवार राति नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ।वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको हो। प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरुष समातिएका छन्। भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ,!

Previous article
प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशनबिराटनगर कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । आज भएको भिडियो कन्फरेन्स मार्फत वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । आज भएको भिडियो कन्फरेन्स मार्फत वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनुका साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्न सुन्य सहनशीलता अपनाउन र नेपाली बजारमा बेच्न अयोग्य ठहरीएका वस्तुहरुलाई आयात गर्न नदिन कडाईका साथ निग्रानी राख्न समेत वाँहाले निर्देशन दिनु भएको हो ।यसका साथै वहाँले निरन्तररुपमा संचालन भईरहेको जनचेतनामुलक कार्यक्रमलाई समेत थप प्रभावकारी बनाई गाउँ गाउँका बस्तीहरुमा रहेका आम नागरिकहरुमा समेत सचेतना फैल्याउन जोड दिनु भयो । भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles