Tuesday, October 22, 2024

गाउँपालिकाका अध्यक्ष र अधिकृतले ११ महिनामा ९२ लाख उडाए इन्धन खर्च

ताजा / भरखरै प्राप्त

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा १९ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले मनोमानी रुपमा इन्धन वितरण गरेपछि ११ महिनाको अवधिमा ९२ लाख रुपैयाँ बराबरको इन्धन खपत भएको हो ।जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु जनताको काममा हिँड्नु नै पर्छ । पक्कै उनीहरुलाई पालिकाले इन्धन, यातायात, भत्ता दिनैपर्छ । तर सखुवाप्रसौनीका अध्यक्ष यादवले गरेको इन्धन खर्च हेर्ने हो भने उनी २४ सै घण्टा जनताको काममा हिँडेको जोड्दा पनि पुग्दैन । अध्यक्ष र अधिकृतद्वयले वैशाखसम्ममा इन्धनमा मात्रै ९२ लाख ५ हजार ३९ रुपैयाँ सकाएका छन् ।
उनीहरुले आफ्नो निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाएका छन् । इन्धन वितरण गर्न अध्यक्ष र अधिकृतले मात्रै कुपन वितरण गर्ने गरेको अवस्थामा यसरी अप्रत्यासित रुपमा इन्धनको नाममा जनताको पैसामाथि रजाई गर्ने जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतले ११ महिनाको अवधि पुरा हुँदाहुँदै १ करोड नाघ्ने अवस्था छ ।
उनीहरुले २०७९ भदौ महिनामा ७ लाख ७४ हजार ४५४ रुपैयाँ, असोज महिनामा ५ लाख ७७ हजार ६० रुपैयाँ, कात्तिकमा १३ लाख १८ हजार ८६७ रुपैयाँ, मंसिरमा ८ लाख ७६ हजार ५८२ रुपैयाँ, पुसमा ४ लाख ८८ हजार १३४ रुपैयाँ, माघमा १३ लाख २३ हजार ७९३ रुपैयाँ, फागुनमा ३ लाख ५३ हजार ११९ रुपैयाँ, चैतमा ८ लाख ६३ हजार १२४ रुपैयाँ, २०८० वैशाखमा ७ लाख ३० हजार ६९० रुपैयाँ तथा जेठ १० गतेसम्म ६ लाख ३२ हजार ७६१ रुपैयाँ बराबरको इन्धन मात्रै सकाएका छन् ।
जनताले तिरेको करमाथि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको खुलेयाम लुटतन्त्र छ । गाउँपापलिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निगरानी गरि रहेको अवस्थामा पनि रति भर नडराउने चतुर भ्रष्टाचारी अधिकृत साह जहाँ गएपनि जनप्रतिनिधिको मिलोमतोमा खुलेयाम भ्रष्टाचार गर्ने गरेका छन् ।

Previous article
Next article
प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशनबिराटनगर कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । आज भएको भिडियो कन्फरेन्स मार्फत वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । आज भएको भिडियो कन्फरेन्स मार्फत वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनुका साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्न सुन्य सहनशीलता अपनाउन र नेपाली बजारमा बेच्न अयोग्य ठहरीएका वस्तुहरुलाई आयात गर्न नदिन कडाईका साथ निग्रानी राख्न समेत वाँहाले निर्देशन दिनु भएको हो ।यसका साथै वहाँले निरन्तररुपमा संचालन भईरहेको जनचेतनामुलक कार्यक्रमलाई समेत थप प्रभावकारी बनाई गाउँ गाउँका बस्तीहरुमा रहेका आम नागरिकहरुमा समेत सचेतना फैल्याउन जोड दिनु भयो । भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles