Friday, January 17, 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले कुनै क्षेमात्र आसा जगाउन नसकेको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताए ।

ताजा / भरखरै प्राप्त

बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गरे । नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।

ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको भन्दै उनले बजेटले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल नहुने बताए । आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि ओलीको भनाइ छ । अध्यक्ष ओलीले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताए । उनले कोको बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दुख लागेको बताए ।

ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गरे । उनले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताए । करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उनले हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताए । यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

बजेट निर्माणमा पूर्वनासु रामकृष्ण केसीको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उनले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रको बेहाल भइरहेको छ त्यसप्रति आशु बगाएको नभइ जनताको दुखप्रति सजग गराएको ओलीले बताए । उनले राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरे पनि उनीहरू घाम तापेर बस्ने गरेको यता अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भइरहेको व्यंग गरे ।

ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताए । उनले आयस्रोत बढाएर देशको आर्थिक अवस्था सुधार्न सक्ने गरी बजेट नल्याएको दाबी गरे । बजेटमा समेटिएका केही विषयप्रति आशंका गर्दै उनले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषयप्रति असन्तुष्टि जनाउँदै आशंका व्यक्त गरे ।

कृषिमा आत्मनिर्भर बनाउने विषयमा सरकारले ध्यान नदिएर केही व्यापारीलाई फाइदापुग्ने गरी गाँजा खेतीको कुरा समेटिएको ओलीका आशंका गरे । ‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन,’ अध्यक्ष ओलीले भने, ‘कसले गर्न खोजी राछ गाँजा खेती ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ? गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles