जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा जेठ २२ गते राती ११:००बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएकोले उक्त मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त पक्राउ परेका बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरूको मुल्य रू.६,५४,६८५।– ( छ लाख चौवन हजार छ सय पचासी ) बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।