Monday, May 25, 2026

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीले कार्यकक्षमै बोलाएर धम्काए

ताजा / भरखरै प्राप्त

पूर्व सांसद रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो ।
टीकापुरमा २०७२ मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो ।त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ सार्वजनिक भएको छ ।रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटले कार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ?,’ डीएसपी भाटले भनेका छन्, ‘तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि !’ टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे पनि डिएसपी भाटकाे भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’ डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएकाे सुनिन्छ। रातोपाटी

Previous article
Next article
पर्साको कालीकमाईमा गोली चल्यो -:बालक घाइते ,पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन् । वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए ।त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज लगिएको छ । गोली चलाउने तिवारी भने फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles