Tuesday, October 22, 2024

जीपसहित सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीको जीप र २ जना कर्मचारीकाे शव फेला परेका छन् । यही जेठ १९ गते बिहान साढे ११ बजेतिर बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटमा बा १ झ ७४६७ नम्बरको जिप सुनकोशीमा खस्दा सीटीइभीटीकाे जीप र त्यसमा सवार सीटीइभीटीका ३ कर्मचारी र जीप बेपत्ता भएका थिए । चालक दाङका कृष्ण चाैधरी भने पौडिएर निस्कन सफल भएका थिए ।

ताजा / भरखरै प्राप्त

दुर्घटनाको ५ दिनपछि आज जीप र कर्मचारीको शव फेला परेका हुन् । खोजीका लागि प्रहरीले गोताखोर परिचालन गरेको थियो । शवकाे सनाखत हुन बाँकी रहेकाे छ । एक जना अझै बेपत्ता छन् ।

तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल बेपत्ता थिए ।

यो पनि पढ्नुहोस
सीटीईभीटीका अधिकारी सवार गाडी सुनकोसीमा खस्यो, दुई निर्देशक र एक अधिकृत बेपत्ता

Previous article
भ्याट लागु भएसँगै भारतीय तरकारी आयात घट्योकाठमाडौं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरे ।कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भित्र्याएका छैनन् ।वर्तमान सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरिएको विषयमा बजेट वक्तव्यमा उल्लेख छ । यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिँदै आएको थियो ।सरकारको घोषणा अनुसार अब प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुङ्गो, न्युजिल्यान्ड पालुङ्गोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायतका फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles