Tuesday, January 21, 2025

नेपाल योग खेलकुद संघको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ ।

ताजा / भरखरै प्राप्त

यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ । यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैगरी, माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

वि.सं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।

खेलकुद

Previous article
अवैध सामग्रीसहित युवक पक्राउतिलोत्तमा । रुपन्देहीका विभिन्न ठाउँबाट प्रहरीले साढे ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१, भगवानपुरबाट लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडीमा ल्याइँदै गरेको काठको ढोका, टायल, कलर लगायतका सामान बरामद गरेको छ ।गाडीसहित ७ लाख ७ हजार रुपैयाँ बराबरका ती सामग्री भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले बरामद गरेको हो ।रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको छ ।त्यस्तै, जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, आवारोडस्थित भारतबाट नेपालतर्फ भन्सार छली पैठारी गरी लु १ ह २६४३ नम्बरको अटो रिक्सामा ल्याउँदै गरिएको २४ पेटी टायल पनि बरामद गरेको छ ।टायल र अटोसँगै प्रहरीले भारतको महाराजगन्ज थाना फरेन्दा घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने २४ वर्षीया औरेन्ज चौहानलाई पनि नियन्त्रणमा लिएको छ ।अटो रिक्सासहित टायलको अन्दाजी मूल्य ४ लाख ४० हजार कायम गरिएको प्रहरी भनाइ छ । बरामद गरिएका सामान र अटो रिक्सासहितह ती युवकलाई पनि आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा बुझाइएको डीएसपी अर्यालले जानकारी दिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles