पर्साको कालीकमाईमा गोली चल्यो -:बालक घाइते ,पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर महतो रहेका छन् । वीरञ्चीबर्वास्थित आँपको बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरू खेल्न गएका थिए ।त्यहि बेला बगैंचाधनी ४५ वर्षीय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महतो घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।घुँडामा गोलीको छर्रा लागेर घाइते भएका महतोलाई उपचारका लागि वीरगन्ज लगिएको छ । गोली चलाउने तिवारी भने फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
Next articleभ्याट लागु भएसँगै भारतीय तरकारी आयात घट्योकाठमाडौं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरे ।कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भित्र्याएका छैनन् ।वर्तमान सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरिएको विषयमा बजेट वक्तव्यमा उल्लेख छ । यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिँदै आएको थियो ।सरकारको घोषणा अनुसार अब प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुङ्गो, न्युजिल्यान्ड पालुङ्गोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायतका फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।