Tuesday, January 21, 2025

वीरगन्ज ,२४ जेष्ठ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएकाे छ ।

ताजा / भरखरै प्राप्त

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्रीवितरणका लागि नगवामा थाेक कृषि बजार निर्माण गर्न थालिएको हाे ।

बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारकाे शिलान्यास गरेका छन् ।त्यस अवसरमा वीरगन्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चाैरसिया लगायतकाे पनि उपस्थिति थियाे ।

पुर्वमन्त्री यादव र मेयर सिंहकाे पहलमा मधेस प्रदेश सरकारले उपलब्ध गराएकाे ३ कराेड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

कृषि बजार निर्माणकार्यकाे ठेक्का दीप तामाकाेशअं कन्ट्रक्शन प्रालि भक्तपुरले सकारेकाे छ । आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

कृषि बजारमा कृषि सेड , कंक्रिट पेभर, शाैचालय लगायतका संरचना निर्माण गरिने घिमिरेले जानकारी दिए ।

Previous article
ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवसग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ।बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट÷बिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो।बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रंगशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको बताएको छ।बैंकले आयोेजना गरेको वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, स्थानीय नागरिकलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles