Friday, January 17, 2025

विश्व वातावरण दिवशको अवसरमा मुख्यालयमा २ सय ४२ सहित देशभरका यूनिटमा रोपियो ११ हजारभन्दा बढि बोटविरुवा

ताजा / भरखरै प्राप्त

    विश्व वातावरण दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय

हल्चोक स्वयम्भू परिषरमा २ सय ४२ सहित देशभरका युनिटहरुमा ११ हजारभन्दा
बढि बोटविरुवा रोपिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा जेठ २२ गते
मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका
बोटविरुवाहरु रोपिएको हो ।
मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल
लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल,
नेपालका ईकाईहरुमा समेत फलफूल लगायत विभिन्न जातका बोटविरुवाहरु रोपिएको
छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका
युनिटहरुले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र मातहतका युनिटहरुले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढिमाई
बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरुले ६ सय ५९ वटा, नम्बर ४
मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरुले ५ सय वटा, नम्बर
५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरुले २ हजार
९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरुले
२ सय ५३ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र माताहतका
युनिटहरुले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय
काठमाडौं र मातहतका युनिटहरुले ७ सय १८ वटा बोटविरुवा रोपिएको छ ।
त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र मातहतका
युनिटहरुले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, न. १९
बगलामुखी विशेष कार्यदल गण हलचोक काठमाडांैले १ सय ६८ बोटविरुवा रोपेको
हो ।

Previous article
कर बढेसँगै व्यवसायीले ठप्प पारे आलु–प्याज आयात-:बजेट भाषणमार्फत सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आलु र प्याजको आयात ठप्प भएको छ ,!यसअघि भारतबाट आयात हुँदै आएको आलु र प्याज जेठ १८ गतदेखि आयात हुन छाडेको छ ।कालिमाटी फलफूल तथा तरकारी बजारबाट भारतीय आलु बिक्री भइरहे पनि यो यसअघि नै आयात भएर बसेको स्टक मात्रै भएको र नयाँ आलुको आयात ठप्प रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ,!अहिले स्टकमा रहेको आलु नै बिक्री भइरहेको र मूल्यमा पनि खासै फरक छैन ,! तर, स्थानीय हरियो प्याज बाहेक भारतबाट आयात हुने सुकेको प्याज सकिएको छ ,!जसकारण–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार प्याजको मूल्यसूची नै राखेको छैन । यसरी करलाई कारण देखाएर व्यवसायीले आयात 0रोक्दा अब भान्छा महँगिने देखिएको छ,!
Next article
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन :‘१६ ‌‍औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टनप्रतियोगिता–२०८०” को सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटनगर्नुभएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २१ गतेआयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकामुख्य रेफ्रीलाई सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भगर्नुभएको हो ।नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपालप्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २४गतेसम्म संचालन हुनेछ ।कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्णखेलहरु Badminton World Federation(BWF) र Badminton AsianConfederation(BAC) को नियम अनुसार खेलाईने छ भने प्रतियोगितामा १० वटाइभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल,महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल४५÷५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ बर्ष माथिलगायत रहेको छ ।कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्रप्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भईरहेकोयस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकिकृतगर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्नुभयो ।उहाँले मानव जिवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेललेमहत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुहुँदै कुनैपनि खेलाडीले राष्ट्रियतथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जितहासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताउनुभयो ।प्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु संचालनभईरहेको छ ।कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रश्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, पूर्व सशस्त्र प्रहरी संघका अध्यक्षअवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्रप्रहरी बल नेपालका बरिष्ठ अधिकृतलगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्षरामजीबहादुर श्रेष्ठ, खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुकोउपस्थिति रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles