Friday, August 15, 2025

हाल देशभर बढिरहेको तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ताजा / भरखरै प्राप्त

विभागका अनुसार ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो ।

ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको विभागले जनाएको छ । ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।

विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ ।

विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू

मध्य तराई तथा पश्चिम तराईमा अझै तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।

“आज कोसी प्रदेशमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ । बदलीको सम्भावना रहेकाले पूर्वी क्षेत्रको तापक्रम केही घट्छ कि भन्ने छ,” मौसमविद् लामिछाने भन्छन्, “तर, मध्य तराई र पश्चिम तराईमा आज पनि तापक्रम उच्च रहनेछ । तापक्रम हिजोको भन्दा बढ्न पनि सक्छ । यदि, बढेन भने पनि स्थिर रहन्छ ।”

अझै केही दिन तापक्रम उच्च रहने उनको भनाइ छ ।

Previous article
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अत्यावश्यकीय खाद्यवस्तुमा भन्सार कर लगाएको छ । तर, स्वदेशी उत्पादनमा आत्मनिर्भर नहुँदै हचुवाको भरमा भन्सार कर लगाउँदा उपभोक्ता मारमा परेका छन् ।बजेटले खाद्यवस्तु आयातमा मूल्य अभिवृद्धि कर लगाएसँगै व्यवसायीहरुले आलु, प्याज लगायतका खाद्य वस्तुहरुको आयात बन्द गरेका छन् । जसका कारण बजारमा प्याजको अभाव भएको छ भने, आलूमा भारी मुल्यवृद्धि भएको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तरकारी तथा फलफूल लगाएकतका वस्तुुको आयातमा कर लगाउने निर्णय गरेको छ ।यसको प्रत्यक्ष असर आम जनताको भान्सामा पर्ने देखिन्छ । सरकारले स्वदेशमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनायो ।त्यसको असर ठीक उल्टो देखिएको छ । विचौलियाहरुको दबाब र प्रभावतमा व्यवसायीहरुले उक्त बस्तुको आयात नै रोकेका छन् ।दैनिक ८० देखि एक सय टनसम्म भित्रिने गरेको प्याज आयात जेठ १८ देखि ठप्प भएको छ । जसका कारण काठमाडौं कालीमाटी तरकारी तथा फलफुल बजारमा जेठ २३ देखि नै अभाव सिर्जना भएको छ ।कालीमाटीमा जेठ १५ सम्म प्रतिकिलो ३२ रुपैयाँ रहेको आलु जेठ २४ मा ३८ रुपैयाँ प्रतिकिलो रहेको छ । यो मुल्य बढेर प्रतिकिलो ४६ देखि ४८ रुपैयाँसम्म पुग्ने व्यवसायीहरु बताउँछन् ।सरकारले भ्याट नहटाएसम्म आयात नगर्ने अडानमा रहेका व्यवसायीहरुले उपत्यकामा स्वदेशमै उत्पादित आलू विक्री भइरहेको भएपनि तीनचार दिनमा नै सकिने बताएका छन् ।हाल कालीमाटी तरकारी बजारमा स्टक आलु ५० टन मात्र रहेको छ । जबकी, भारतबाट दैनिक एक सयदेखि एक सय पचास टनसम्म आलु आयात हुने गरेको थियो ।भारतबाट आयात गरेर नेपालको झन्डै ९७ प्रतिशत प्याज र ६० प्रतिशत आलुको माग पुर्ती गर्ने गरिएको छ । तर, सरकारले यी कुनैपनि कुराको ख्याल नगर्दा बजारमा प्याज अभाव भएको कालीमाटी तरकारी तथा फलफुल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् ।सरकारको यो नीतिलाई उपभोक्ता अधिकारकर्मीहरुले अदुरदर्शी तथा अवैज्ञानिक भनेका छन् । सरकार र कालो बजारीमा होमिएका व्यवसायीबीचको चलखेल भएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।संसदमा पोष्ट बजेटमाथिको छलफलमा भाग लिएका केही सांसदहरुले पनि आलु प्याजको आयात कर घटाउनुपर्ने बताएका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles