पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउपतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।२०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद प्रालिमा कामदार चाहिएको र आफू कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनी कम्पनीको नक्कली परिचयपत्र झुण्ड्याई ठगी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई पक्राउ गरिएको छ ।पतंजलिमा काम लगाइदिन भनी नागरिकता, शैक्षिक प्रमाणपत्र र २५ हजार रुपैयाँ खातामा जमा गर्न लगाई ठगी गरेको भनी अमनकुमार चौरसिया समेतले जेठ १६ गते ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको हो ।उनीविरुद्ध ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको थुनुवा अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।