तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् । यो रजनीकान्तको करियरको १ सय ७० औं फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहनेछ ।
फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् । अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ,!