यी गीतलाई बलिउडमा अहिले पनि ‘आइकनिक ट्रयाक’ मानिन्छ । गीत ‘साजन जी घर आए’मा सलमान खानको अभिनय छ । यो गीतको कोरियोग्राफर फराह खानले गीतको अधिकांश दृश्यमा सलमानको डुब्लिकेटले अभिनय गरेको खुलासा गरेकी छन् ।
फिल्मका केही दृश्यमा सलमानले अमन चरित्रमा अभिनय गरेका छन् । फराहका अनुसार सलमानको डुब्लिकेट रितले गीतमा नृत्य गरेका थिए । ‘रितजी निकै क्युट थिए । म भन्छु कि साजन जी घर आए मा सलमानको आधा गीत सलमानको डुब्लिकेट बनेर रितजीले पुरा गरे ।
किनकी सलमान दुई तीन घण्टाका लागि मात्र आउँथे । बाँकी ब्याक सट, टप सट, वाइड सट सबै रितले गर्थे’, उनले भनेकी छन् ।
बलिउड
