Thursday, November 14, 2024

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार भएको धर्ना र प्रदर्शनमा जसपाका सांसद सहभागी भएका छन्

ताजा / भरखरै प्राप्त

प्रमाणिकरणपछि नेपाल राजपत्रमा प्रकाशित भएर ऐन बनिसकेको अवस्थामा प्रमाणिकरणविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रमाणिकरण प्रक्रियाले संविधानको उल्लंघन गरेको जनाउँदै वरिष्ठ अधिवक्ताद्वारा बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ऐन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सो मुद्दामा आजै मात्र सर्वोच्चमा बसेको एक संयुक्त इजलासले प्रमाणिकरण भएको कागज मगाउने आदेश दिएको छ ।

ऐनबारेका मुद्दा अदालतमा विचराधीन रहेको अवस्थामा सडकमा प्रदर्शन भइरहेको छ । मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरुले ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्ड बोकेका छन् ।

उक्त धर्नाप्रति ऐक्यबद्धता जनाउँदै जसपाका प्रमुख सचेतक प्रदीप यादव माइतीघर मण्डलामा पुगेका हुन् । प्रदर्शनकारीले एमाले र एमाले नेतृत्व तथा पूर्वराष्ट्रपतिविरुद्ध चर्का नारा लगाएका छन,!

Previous article
Next article
वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द -:वीरगन्ज । पर्सामा गर्मी थप बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले पुन एक साताका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै गर्मी झनै बढ्दै गएको र सर्वसाधारणको जनजिवन समेत थप पिडादायी भएसँगै पुन एक साताका लागि महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।यसअघि गर्मीका कारण कक्षा कोठामा बालबालिकाहरु बेहोस तथा विरामी हुन थालेपछि महानगरले जेष्ठ १९ गतेदेखि २६ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । पछिल्लो समय गर्मी झनै बढ्दै गएको हुँदा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि सम्पूर्ण विधालय बन्द गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।अहिले पनि बारा, पर्सा लगातय तराईका जिल्लाहरुमा गर्मी घट्नुको साटो बढ्दै गइरहेको छ । चिकित्सकहरुले तातो हावा तथा लु चलेको हुँदा सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सुझाव दिएका छन् । वीरगञ्जलगायत तराई मधेशमा आज अधिकतम तापक्रम ४४ डिग्रि सेल्सियस पुगेको छ । बिहीबारमात्रै वीरगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको थियो ।मौसम पुर्वानुमान शाखाले अहिले पानी पर्ने सम्भावना नरहेको भन्दै अझैँ केहिदिन गर्मी रहने र तातो हावा चल्ने भएको हुँदा सचेत हुन आग्रह गरेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles