युनियनले रिजालसहित अन्य ५ जना पत्रकारलाई नगदसहित पुरस्कृत पनि गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार इन्द्रबहादुर रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरिएको हो । लम्साल र रिजाल दुवैको स्थायी घर स्याङ्जा हो ।
null
युनियनले शाखाका निवर्तमान अध्यक्ष एवं नेपाल पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । त्यस्तै खुमा अर्याल फाउन्डेसनद्वारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने, रुद्र जमुना शैक्षिक प्रतिष्ठानद्वारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधिसभा सदस्य राजु थापाद्वारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट रामप्रसाद भट्टराई पुरस्कृत भएका छन् ।
प्रेस युनियन स्याङजाका अध्यक्ष प्रदीप कोइरालाका अनुसार पुरस्कारको राशी जनही ५ हजार र सम्मान पत्र रहेको छ । पुरस्कृत भएका पत्रकारलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, युनियनका गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेलगायतले सम्मानित गरेका थिए ।
पुरस्कार

