Tuesday, October 22, 2024

पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउपतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।२०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद प्रालिमा कामदार चाहिएको र आफू कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनी कम्पनीको नक्कली परिचयपत्र झुण्ड्याई ठगी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई पक्राउ गरिएको छ ।पतंजलिमा काम लगाइदिन भनी नागरिकता, शैक्षिक प्रमाणपत्र र २५ हजार रुपैयाँ खातामा जमा गर्न लगाई ठगी गरेको भनी अमनकुमार चौरसिया समेतले जेठ १६ गते ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको हो ।उनीविरुद्ध ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको थुनुवा अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

Previous article
वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द -:वीरगन्ज । पर्सामा गर्मी थप बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले पुन एक साताका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै गर्मी झनै बढ्दै गएको र सर्वसाधारणको जनजिवन समेत थप पिडादायी भएसँगै पुन एक साताका लागि महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।यसअघि गर्मीका कारण कक्षा कोठामा बालबालिकाहरु बेहोस तथा विरामी हुन थालेपछि महानगरले जेष्ठ १९ गतेदेखि २६ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । पछिल्लो समय गर्मी झनै बढ्दै गएको हुँदा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि सम्पूर्ण विधालय बन्द गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।अहिले पनि बारा, पर्सा लगातय तराईका जिल्लाहरुमा गर्मी घट्नुको साटो बढ्दै गइरहेको छ । चिकित्सकहरुले तातो हावा तथा लु चलेको हुँदा सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सुझाव दिएका छन् । वीरगञ्जलगायत तराई मधेशमा आज अधिकतम तापक्रम ४४ डिग्रि सेल्सियस पुगेको छ । बिहीबारमात्रै वीरगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको थियो ।मौसम पुर्वानुमान शाखाले अहिले पानी पर्ने सम्भावना नरहेको भन्दै अझैँ केहिदिन गर्मी रहने र तातो हावा चल्ने भएको हुँदा सचेत हुन आग्रह गरेको छ ।
Next article
भक्तपुरबाट १८ लाखभन्दा बढीका गरगहना र नगद चोरीभक्तपुर | भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles