Tuesday, October 22, 2024

भक्तपुरबाट १८ लाखभन्दा बढीका गरगहना र नगद चोरीभक्तपुर | भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउपतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।२०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद प्रालिमा कामदार चाहिएको र आफू कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनी कम्पनीको नक्कली परिचयपत्र झुण्ड्याई ठगी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई पक्राउ गरिएको छ ।पतंजलिमा काम लगाइदिन भनी नागरिकता, शैक्षिक प्रमाणपत्र र २५ हजार रुपैयाँ खातामा जमा गर्न लगाई ठगी गरेको भनी अमनकुमार चौरसिया समेतले जेठ १६ गते ठगी सम्बन्धी कसूर मुद्दाको जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको हो ।उनीविरुद्ध ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको थुनुवा अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles