उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकार भएपनि अराजक र हिंसात्मक गतिविधि गर्नेलाई राज्यले छुट दिन नसक्ने बताएका छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आफ्ना नेताहरुमाथि कोशीमा असुरक्षा भएको र सरकारले सुरक्षा दिन नसकेको आरोप लगाएपछि मन्त्री श्रेष्ठले शान्तिपूर्ण विरोध गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गरिएपनि अराजकता स्वीकार्य नहुने बताएका हुन् ।
कोशीमा पहिचानवादीको आन्दोलन र गतिविधिबारे एमाले र सभामुख देवराज घिमिरेले सरकारको ध्याणाकर्षण गराएपछि गृहमन्त्री श्रेष्ठले यस्तो बताए ।
अराजक गतिविधिमा संलग्नलाई कारबाहीका लागि सरकारले प्रहरीलाई निर्देशन दिइसकेको दाबी गरेका उनले सरकारले अराजक गतिविधिप्रति दुख व्यक्त गरेको जिकिर गरे ।
नेताहरुलाई प्रहरीको स्कर्टिङमा सुरक्षा दिइएको भन्दै उनले अराजकता निम्तिन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।