यही जेठ २२ गते हरिपुर नगरपालिका–६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको र मृत्युपछि प्रहरीलाई खबर नै नगरी शनिबार दिउँसो नजिकैको घाटमा लगेर जलाउँदै गरेको अवस्थामा मलामीसहित शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएकी इन्द्रकलालाई उनका छोरी जयकुमारी साह र ज्वाइँ राजकिशोर साहले उपचारका लागि सुरुमा नवलपुरस्थित एक क्लिनिकमा पुर्याएको समेत खुलेको छ । त्यसपछि मंगलबार वीरगन्ज लगिएको र त्यहाँ राम्रोसँग उपचार नगरी भोलिपल्टै घर ल्याइएएको थियो । घरमा यन्द्रकलाको स्वास्थ्य अवस्था जटिल बनेपछि पुनः उपचारका लागि जनकपुर लगेकामा शनिबार मृत्यु भएको अनुसन्धानमा खुलेको जनाइएको छ ।
नियन्त्रणमा लिइएका शवलाई पोष्मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । इन्द्रकलाका पति राजाराम फरार छन् । पक्राउ पर्नेमध्ये एक जना मृतक इन्द्रकलाका छोरी ज्वाँइ साह रहेको बुझिएको छ ,!