Tuesday, October 22, 2024

पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको शव जलाउने कार्यमा संलग्नताको आरोपमा सर्लाहीमा प्रहरीले शवसहित ४ जनालाई पक्राउ गरेको छ । केही भाग जलिसकेको शवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा / भरखरै प्राप्त

यही जेठ २२ गते हरिपुर नगरपालिका–६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको र मृत्युपछि प्रहरीलाई खबर नै नगरी शनिबार दिउँसो नजिकैको घाटमा लगेर जलाउँदै गरेको अवस्थामा मलामीसहित शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएकी इन्द्रकलालाई उनका छोरी जयकुमारी साह र ज्वाइँ राजकिशोर साहले उपचारका लागि सुरुमा नवलपुरस्थित एक क्लिनिकमा पुर्याएको समेत खुलेको छ । त्यसपछि मंगलबार वीरगन्ज लगिएको र त्यहाँ राम्रोसँग उपचार नगरी भोलिपल्टै घर ल्याइएएको थियो । घरमा यन्द्रकलाको स्वास्थ्य अवस्था जटिल बनेपछि पुनः उपचारका लागि जनकपुर लगेकामा शनिबार मृत्यु भएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

नियन्त्रणमा लिइएका शवलाई पोष्मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । इन्द्रकलाका पति राजाराम फरार छन् । पक्राउ पर्नेमध्ये एक जना मृतक इन्द्रकलाका छोरी ज्वाँइ साह रहेको बुझिएको छ ,!

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles