Tuesday, January 21, 2025

अबैध मोबाईल पार्टससहित मोटरसाईकल नियन्त्रणमासिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका २० छोटकी टोलस्थित सीमा ईलाकाबाट ५ लाख८२ हजार ८ सय रुपैयाँ बराबरको मोबाईल र मोबाईलका पार्टसहरुसहित एउटामोटरसाईकल जेठ २४ गते नम्बर ७ गण हे.क्वा सिरहाले नियन्त्रणमा लिएको छ ।प्रदेश ०१–००४ प ३६१६ नम्बरको पल्सर मोटरसाईकलमा राखी भारतबाट अबैधरुपले नेपालतर्फ आउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाटदेख्नासाथ सामान र मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमालिएको हो ।नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सिरहाभन्सार कार्यालय माडरमा बुझाईएको छ ।अबैध रुपमा ल्याउँदै गरेको सामानसहित सवारीसाधान नियन्त्रणमारौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित भित्रि सडकखण्डबाट १ लाख ५७हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहित एउटा म्याजिक भ्यान जेठ २१ गतेसशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।गौरबाट चपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको भ्यानलाई सुरक्षा वेशफतुहाले चेकजाँच गर्दा विलविजक नभएको उल्लेखित मुल्य बराबरको लत्ताकपडाबरामद गरिएको हो ।बरामद लत्ताकपडा तथा भ्यान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।चोरीपैठारीका विभिन्न सामान बरामदरुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट१ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान जेठ२६ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षागुल्म डण्डाले बरामद गरेको हो ।यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान जेठ २५ गते सशस्त्रप्रहरीले बरामद गरेको छ ।भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरकोसामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलिल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थितबमनहरबाट जेठ २५ गते बरामद गरेको छ ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles