जेठ १५ गते औसत मूल्य ३५ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य अहिले बजारमा प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ । तर, बजारमा प्याज अभाव भएको भन्दै समितिले जेठ २१ पछि प्याजको मुल्य तोकेको छैन । गत जेठ १५ गते रातो आलुको औसत मूल्य ३९.२० रुपैयाँ रहेकोमा जेठ २८ गते ४५.६७ रुपैयाँ, चमसुरको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ र पालुंगोको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको छ । भने, फलफूलको मूल्य पनि उच्च बढेको छ । जेठ १५ मा एभोकाडाको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ रहेकोमा जेठ २८ गते ५५० रुपैयाँ पुगेको छ ।