काठमाडौंकै तारकेश्वर नगरपालिका-८ नेपालटार डाडागाउँबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेटसहित सोही नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३२ वर्षीय सुर्य महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने १९ वर्षीया सुनिता ठकुरीसमेत ३ जनालाई अवैध लागुऔषध गाँजा ८ सय २५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनिताको कोठामा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै विर्तामोड नगरपालिका-१ भगवान चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय बब्लु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी ९पूर्व०, गैंडाकोट नगरपालिका-७ बस्ने २७ वर्षीय सुजन विकलाई नियन्त्रित लागुऔषध नुफिन १ सय ७८ एम्पुल, फेनारगन १ सय ७९ एम्पुल, सेरिज्याक १ सय ८४ एम्पुल र नगद ५ पाँच लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । विकको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित सोही महानगरपालिका-३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० सानो सुर्खेत बस्ने ५६ वर्षीय लालबहादुर थापालाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएकलो प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित बर्दिया बाँसगढि नगरपालिका-७ बस्ने ३० वर्षीय मनोज विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-१ बैरिया बस्ने २९ वर्षीय अजय घिमिरेलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । घिमिरेको व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पसल तलास गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु।४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका(१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीले सुनिल कुमार लोनियालाई उनकै घरमा फेला पारी तलासी गर्दा अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम फेला पारी उनलाईसमेत पक्राउ गरेको हो ।
