सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. प्रकाशशरण महताको निर्णय गलत रहेको भन्दै डटेर विरोध गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको विवरणको अंकमा मात्र भर परेर भ्याट लागू गर्ने निर्णय गरिएको भन्दै फिर्ता लिन माग गरे । मुख्यरुपमा अर्थमन्त्री महत उपभोक्ताको हितविरुद्ध लागेको बताए । उनले भ्याट तत्काल हटाउन माग गरे ।
भ्याटका कारण आलु प्याज भारतकाट आयात गर्न र भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न नसकिरहेको बताए । सरकारले भने आयात रोकेर स्वेदशमै उत्पादन बढाउन आलु र प्याजको आयातमा भ्याट लगाउने निर्णय बजेटमा गरिएको दाबी गरेको छ ।
अहिले नेपाली उत्पादनको बजार धान्न नसकेर भारत र चीनबाट प्याज आयात गर्दै आइरहेको छ । बजारमा जेठ दोस्रो साता ४० रुपैयाँमा पाइने प्याज ८० पुगेको छ । आलु भने नेपाली उत्पादन आइरहेकाले बजारमा उपभोक्ता मूल्य सामान्य रहेको व्यवसायीहरुले बताए । यसमा पनि मूल्य उकालो लाग्ने क्रम रहेको बताएका छन् ।
भन्सार/राजश्व