आगामी बजेटबाट सांसदहरुलाई ५ करोड रुपैयाँ दिने योजना अघि सारेको भन्दै आलोचना भइरहेका बेला गण्डकी प्रदेशले पनि सांसदहरुलाई ७२ करोड रुपैयाँ बाड्ने भएको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रको पुर्वधार निर्माणको लागि २ करोडका दरले प्रदेशसभा तर्फका ३६ निर्वाचन क्षेत्रमा ७२ करोड छुट्याउन लागेको हो । २०७६÷७७ मा प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन गर्न सुरु गरेका थिए । त्यसपछि यस कार्यक्रमको विरोध भइरहेको भएपनि निरन्तरता भने पाएको छ । सांसदहरुको दबाब आएपछि उक्त कार्यक्रमलाई बजेटमा समावेश गर्ने गरी तयारी गरेको प्रदेश सरकारले जनाएको छ । तर, प्रतिपक्ष सांसदहरुले यस कार्यक्रमको विरोध गरिरहेका छन् ।