रेग्मीका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको ट्याक्टर ब्रेक फेल भई सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावती गाउँपालिका-१ कोल्बोट, प्युठानका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको हो भने सितगंगा नगरपालिका-७ दमारबेसी, अर्घाखाँचीका २३ वर्षीय कृष्ण आचार्य र प्युठान ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री घाइते भएको प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।
घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ,!!