Monday, November 11, 2024

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा बहस आज पनि जारी छ । बुधबार दिउँसो १ बजेसम्म खाँणका वकिलहरूले समय लिएका छन् । जिल्ला अदालत काठमाडौंमा भइरहेको थुनछेक बहसमा न्यायाधीश न्यौपानेले बुधबार आधा दिनसम्मका लागि समय दिएका छन् ।

ताजा / भरखरै प्राप्त

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको हो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत चलिरहेको थुनछेक बहसमा प्रतिरक्षा बहसका लागि जिल्ला अदालत काठमाडौंले मंगलबारसम्मको समय तोकेको थियो ।

अघिल्लो बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहसका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ६ दिनको समय छुट्ट्याउँदै प्रतिवादी पक्षका वकिलहरूलाई मंगलबारसम्म आफ्नो बहस सकाउन निर्देशन दिएका थिए । तर मंगलबार पूर्वगृहमन्त्री खाँण पक्षका वकिलहरूले आफ्नो बहस नसकिएपछि थप एक दिन समय मागेका थिए ।

खाँणको पक्षबाट प्रतिरक्षा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले थप समय मागेका थिए । खाँणको पक्षबाट प्रतिरक्षा बहसका लागि वकिलहरूले थप समय मागेपछि इजलाशमै केही बेर न्यायाधीश र वकिलहरूका बीचमा सबाल–जवाफ पनि भएको थियो ।

खाँणका तर्फबाट मंगलबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनको प्रतिरक्षा बहसका लागि ३६ जना वकिलले नाम दिएका थिए । अधिवक्ता पंकज कर्ण, अजयशंकर झा, नुरसिंह कार्की, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, प्रेमबहादुर खड्का, महादेव यादव, हरिहर दाहाल, मणिराम उपाध्याय, एकराज पोखरेल र रश्मी थापाले खाँणको पक्षमा बहस गरेका थिए ।

प्रकरणमा दोषी पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई अभियोजन गरेको छ । तीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ फरार छन् ।

पक्राउ परेकामध्ये मंगलबारसम्म १२ जना प्रतिवादीको प्रतिरक्षा बहस सकिएको छ । अझै खाँणबाहेक शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको प्रतिरक्षा बहस बाँकी छ ।

अदालत
204


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
प्रचण्ड-बाबुरामविरुद्धको रिट निवेदनमा कारण देखाउ आदेश
प्रचण्ड-बाबुरामविरुद्धको रिट निवेदनमा कारण देखाउ Only

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles