पोखरा महानगरपालिकामा खाजा, खाना लगायतका शिर्षकमा अस्वभाविक खर्च देखिएपछि महानगरपालिकामा धेरै आर्थिक बेथितिहरू रहेको आरोप लाग्न तालेको छ ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार महानगरले खाना, खाजा शीर्षकमा मात्रै दुई करोड ३९ लाख खर्च एक वर्षमा गरेको छ ।
यसअघि अघिल्लो आर्थिक वर्ष ०७७\७८ मा समेत पोखराले खाना–खाजामा दुई करोड ४० लाख खर्च गरेको थियो । त्यसैगरि, आर्थिक वर्ष ०७८÷७९ मा महानगरले ७० करोड ६५ लाख बेरुजु अघिल्लो आर्थिक वर्षमा थप भएको छ ।
थप भएकोमध्ये असुल गर्नुपर्ने २१ करोड ४१ लाख, प्रमाण कागजात पेस गर्नुपर्ने १७ करोड ४३ लाख, नियमित गर्नुपर्ने २४ करोड ९० लाख र पेस्की ६ करोड ८९ लाख छ ।
गत आर्थिक वर्ष ०७७\७८ सम्म २ अर्ब २९ करोड ७३ लाख बेरुजु रहेकोमा सम्परीक्षणबाट २१ करोड ७ लाख फर्स्यौट भएर हालसम्मको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख पुगेको छ ।