Tuesday, January 21, 2025

मंगलबार रातिको बाढीले कल्भर्ट बगाएपछि मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक अवरुद्धम्याग्दी। बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिए।बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो।पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बुधबार बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको भोटेबहालबाट १३ जना पक्राउ-: काठमाडौंको भोटेवहालस्थित शान्तिमार्गबाट १३ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles