। मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।