Friday, January 17, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैसँग नझुक्ने बताएका छन् ,! उनले कसैले पनि गलत कार्यका लागि आफूलाई झुकाउन नसक्ने र सरकार पनि नझुक्ने बताएका छन् । भ्रष्टाचार र वेथितिविरुद्ध डटेर लाग्ने तर कसैसँग नझुक्ने उनको भनाइ छ ।

ताजा / भरखरै प्राप्त

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताए । सरकार आफ्ना लागि ठूलो कुरा नभएको र गलत सम्झौता नगर्ने उनले बताए !

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति–सम्झौता ऐतिहासिक भएको बताउन्दै प्रचण्डले यसमा पनि केही विरोधी तत्वहरुले सरकारलाई आप्ठ्यारो पार्न खाजेको बताए ।

एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

प्रधानमन्त्री प्रचण्डले ठूलो कुरा सुशासन र जनताको सेवा भएको भन्दै भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ! भन्ने मेरो बुझाइमा ।’

घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रचार भने कम भएको बताए ।

‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’

उनले जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिएको बताए । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएको र उनीहरु एजेण्डबिहिन बनेर जनतामा नाङ्गिन पुगेको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे । उनले भने, ’सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ ।’

प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धीहरु थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ ।

प्रेस सेन्टरले संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास गरेको छ ।

प्रचण्ड
प्रधानमन्त्री

Previous article
सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए -:नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।यसपल्ट सन्दीप आबद्ध टिममा एलेक्स हेल्स, लिटोन दास, आयान अफ्जल खान लगायतका खेलाडी छन् ।दीपेन्द्र आवद्ध मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडी छन् ।दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles