Saturday, April 19, 2025

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न संसदीय समितिले एक उपसमिति गठन गरेको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको हो ।

ताजा / भरखरै प्राप्त

समितिका सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसन’को संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ ।

उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गर्नुभएका रणेन्द्र बरालीले गरेका थिए । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम सटमर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ ।

समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको प्रभावलगायतका विषयमा छलफल भएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा परेको उजुरीमाथि छलफल गर्ने आजको कार्यसूची थियो । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले तयार पारेको ‘वैदेशिक रोजगार सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएका आदेशको कार्यान्वयनसम्बन्धी अवधारणापत्र’माथि आजको बैठकमा छलफल भएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले सुनको भन्सार बढाएको तथा सुनचाँदीलाई विलासिताको वस्तुको रुपमा राखेको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघको उजुरी र पेट्रोलियम पदार्थमा भएको अनुचित मूल्यवृद्धिबारे उपभोक्ता हित संरक्षण मञ्च–नेपाल को उजुरी माथि पनि छलफल भएको छ । समितिको आगामी बैठकमा यी विषयसँग जोडिएका सम्बन्धित मन्त्रालय तथा निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

एकीकृत समाजवादीका सांसद संयोजक श्रेष्ठ बारा ४ बाट निर्वाचित संघीय सांसद हुन् ।

Previous article
Next article
नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैकाठमाडौंमा असार २ गतेदेखि राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनीजेठ ३०, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो ।नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, , युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको संचालन गर्दैछ ।‘ नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रींखलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो’यस सम्बन्धी सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले भने ।यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन पनि यो सम्मेलन सहयोगी हुने उनले विश्वास व्यक्त गरे । आन्तरिक एवं वाहय बजार प्रर्वद्धन गर्ने, कफी क्षेत्र विकास प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानूनी विषयमा वहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरुको प्रर्दशनी गर्ने उद्देश्य पनि सम्मेलनको छ । नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमामात्र खेती हुने गरेको छ ।सम्मेलनमा कफी उत्पादकहरु, उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन हुनुका साथै यसक्षेत्रका प्रयोग हुने मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर आगन्तुकहरूले पाउने जनाइएको छ ।नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् । नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिंदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए । सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ ।नेपालमा ४२ जिल्लामा कफी खेतीको संभावना भए पनि त्यसको करीब आधा जिल्लामा मात्र व्यवसायिक खेती हुने गरेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles