Saturday, November 2, 2024

नेपाल बैंकले औधाेगिक घराना गोल्छा समूहको रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलामीमा राखेको छ । बैंकले सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।

ताजा / भरखरै प्राप्त

गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाइएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।

गोल्छा समूहले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा राखिएको हो । मिल्स ०७६ फागुन सम्ममा दुई अर्ब १७ करोड ७५ लाख रूपैयाँ खुद घाटामा गएको थियो ।

बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जे जस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रूपैयाँ कायम गरेको छ ।

इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने जारी सूचनामा उल्लेख छ । लामो समयदेखि घाटामा गएर बन्द भएको मिल्स बैंकले तोकेको मूल्यमा सकारिन भने मुस्किल देखिएको छ ।

सुगर मिल्स-:
लिलामी ,!

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles