Thursday, November 14, 2024

“सशस्त्र प्रहरी बल, रौतहटद्धारा भन्सार महशुल नतिरेको भारतीय सवारी साधन जफत”

ताजा / भरखरै प्राप्त

गाैर । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले भन्सार महसुल नतिरेको भारतीय नम्बर भएको गाडी बरामद गरेको छ । प्राप्त बिशेष सूचनाको आधारमा खटिई गएको टोलीले रौतहट गरुडा न.पा.-५ शिवनगरमा चेकजाँच गर्ने क्रममा BR 22 P 1957 नम्बरको भारतीय बोलेरो गाडी कानून बमोजिम भन्सार महशुल नतिरी चलाई रहेको पाईएको हुँदा आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएकाे छ । उक्त गाडी मुल्य रु ७,००,०००।- (सात लाख) कायम भएको समेत जानकारी दिइएको छ।

Previous article
Next article
टोपबहादुर रायमाझीको सांसद पद चैट !काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतद्वारा थुनामा पठाउन आदेश जारी भएसँगै पूर्वउपप्रधानमन्त्री एवं सांसदसमेत रहेका टोपबहादुर रायमाझीको पद निलम्बनमा परेको छ ।शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै रायमाझीको सांसद पद गुमेको हो ।प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ मा फौजदारी अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गए खण्डमा स्वतः सांसद पद निलम्बन हुने व्यवस्था गरेका छ। उक्त नियमबमोजिम रायमाझीले सांसद पद गुमएका छन् ।नियमावली प्रष्टसँग उल्लेख छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।(’साभार)
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles