Friday, January 17, 2025

निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैर न्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध उच्च अदालत पाटनमा ३० करोड क्षतिपुर्ति माग गर्दै रिट दायर गरिएको छ ।

ताजा / भरखरै प्राप्त

आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ संघसंस्थाले सामूहिक पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् । कार्यक्रमपछि जारी गरिएको विज्ञप्तिमा महानगरको ज्यादतीपूर्ण हस्तक्षेपको निन्दा र भर्त्सना गरिएको छ । कार्यक्रममा ४ दिनदेखि बिना जानकारी मेला रोकिएपछि न्यायका लागि अदालत पुगेको हिसान अध्यक्ष रमेश सिलवालले बताए ।

३० करोड रूपैयाँ क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । मेलास्थलमा नै पत्रकार सम्मेलन गरिएको थियो । उक्त मेला नरोकिएको भए आइतबार (आज) सकिने कार्यक्रम थियो ।

null

मेला उद्घाटन हुने बित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो । मेलास्थलमा बिजुलीसमेत काटिएको संयोजक टंकराज आचार्यले बताए ।

शिक्षा समर्पित प्राज्ञिक वर्ग, विद्यार्थी र अभिभावकको कार्यक्रममा बर्दीधारी प्रहरी परिचालन गरेर शैक्षिक क्षेत्रलाई त्रासपूर्ण बनाउने काम गरिएको विज्ञप्तिमा उल्लेख छ । मेला आयोजक हिसानसहित प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, पोखरा विश्वविद्यालय अन्तरगतको ओपेन, पूर्वाञ्चल विश्वविद्यालयको पीयूक्यान, ईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), निजी प्राविधिक शिक्षालय महासंघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

यो कक्षा १० सम्मको मात्र मेला थिएन । विश्वविद्यालय र सीटीईभीटीका कलेज पनि सहभागी थिए । अघिल्लो वर्ष पनि मेयर बालेन्द्र शाह नै हुँदा यस्तै मेला गरिएको थियो, यसपाली किन रोकटोक भयो ? अहिलेसम्म केही जानकारी पाएको छैन । महानगरका कर्मचारी मेयरको आदेश हो भन्दै पन्छिने गरेको हिसान पदाधिकारीले जनाए ।

नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
नक्कली शरणार्थी मुद्दामा खाँण र रायमाझीसहित १६ जना जेल चलान
नक्कली शरणार्थी मुद्दामा खाँण र रायमाझीसहित १६ जना जेल चलान
असार १, २०८० शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिबाट लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिबाट लिए शपथ
असार १, २०८० शुक्रबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, शपथ साँझ ५ बजे
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, शपथ साँझ ५ बजे
असार १, २०८० शुक्रबार

नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

लोकप्रिय
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द
असार ३, २०८० आइतबार

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
असार ३, २०८० आइतबार

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
चलचित्र
नियामक निकाय
गीत / संगीत
नेपाली सेना
क्रिकेट
बलिउड/हलिउड
फिचर
भलिबल
तस्करी
फाईनान्स कम्पनी
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीति

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles