Tuesday, October 22, 2024

विभिन्न कम्युनिष्ट राजनीतिक दल मिलेर बनाइएको समाजवादी मोर्चाको घोषणा सोमबार गरिने भएको छ । घाेषणा दिउँसो ३ बजे गर्ने भएकाे छ ।

ताजा / भरखरै प्राप्त

असार ५ गते पर्सि मंगलबार गरिने भनिएकोमा एक दिन अगाडि सारेर भोलि सोमबार गरिने भएको मोर्चाका एक घटक जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले बताए । घोषणाको मिति तय गर्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दलहरूबीच बैठक बसेको थियो ।

मोर्चामा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ दल एकीकृत समाजवादी नेपाल, जसपा र सरकार बाहिर रहेको ‘विप्लव’ नेतृत्वको नेकपा छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले भने मोर्चामा आवद्धबारे निर्णय लिइसकेको छैन । भट्टराईले यसअघि माेर्चाबारे पटक पटक छलफल गरेका थिए ,!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles