‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौँ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्र हित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि ‘आज’ देखि निषेध गरिएको छ ।’
उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ‘६’ ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भनेका छन, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ उनका अनुसार उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दी सिनेमा नै काठमाडौंमा चल्न नदिने मेयर शाहले घोषणा गरेका हुन ।
यसै बीच, पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो ।
पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । ‘दक्षिण भारतीय चलचित्र ‘फिल्म’ ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्यहोरा जानकारी गराईन्छ’ नगर प्रमुख धनराज आचार्यले भनेका छन ।
जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन ।
null
चलचित
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
जेस्मको निर्देशनमा बन्यो सर्ट टर्म मेमोरी लस
जेस्मको निर्देशनमा बन्यो सर्ट टर्म मेमोरी लस
असार ३, २०८० आइतबार
काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन गर्न बन्देज
काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन गर्न बन्देज
असार ३, २०८० आइतबार
भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित वाक्यप्रति संसदमा आपत्ति, प्रदर्शनमा राेक लगाउन माग
भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित वाक्यप्रति संसदमा आपत्ति, प्रदर्शनमा राेक लगाउन माग
असार ३, २०८० आइतबार
नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार
अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार
लोकप्रिय
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
१
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार
भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
२
भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
असार ३, २०८० आइतबार
भाउ नपाएपछि सडकमा फालियो ३० हजार किलो गोलभेंडा
३
भाउ नपाएपछि सडकमा फालियो ३० हजार किलो गोलभेंडा
असार ३, २०८० आइतबार
छुटाउनुभयो कि?
logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting
130/073/074
Bakhundole-3, Lalitpur, Nepal
महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
बजार/ब्राण्ड
भन्सार/राजस्व
गीत / संगीत
नेपाली सेना
क्रिकेट
बलिउड/हलिउड
फिचर
भलिबल
तस्करी
