Wednesday, February 5, 2025

सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन्। भारी वर्षाका कारण पश्चिम सिक्किम जिल्लामा पहिरोमा परी सयभन्दा बढी घरमा क्षति पुगेको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।

ताजा / भरखरै प्राप्त

साथै, अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । अविरल वर्षाका कारण धेरै नदीहरू खतराको निशान भन्दा माथि बगेका छन् ।

उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुई वटा पुल पूर्ण रुपमा बगेको समाचारमा जनाइएको छ । यससँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् ।

त्यसैगरी, डेन्टमदेखि पेलिङ र ग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । खोलाको पानीको बहाव बढेपछि एउटा कच्चा घर, एउटा सिमेन्टको भवन, दुई वटा श्मशान स्थल र एउटा भारी खन्ने मेसिन पनि बगेको छ ।

सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ । रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ ।

लाचेन, लाचुङ र चुङ्थाङ उपत्यकामा शुक्रबार पनि भारी वर्षा भएको थियो । जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ । उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।

अविरल वर्षा
62


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
बाढी प्रभावित क्षेत्रको खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री
बाढी प्रभावित क्षेत्रको खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री
असार ४, २०८० सोमबार

मैवाखोलाका १० घर पहिरोको उच्च जोखिममा, सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाकाे आग्रह
मैवाखोलाका १० घर पहिरोको उच्च जोखिममा, सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाकाे आग्रह
असार ३, २०८० आइतबार

पूर्वी क्षेत्रमा बाढीको बितण्डाः दुई जिल्लामा मात्र ५० करोड बढीको क्षति, ताप्लेजुङसँग यातायात सम्बन्ध विच्छेद
पूर्वी क्षेत्रमा बाढीको बितण्डाः दुई जिल्लामा मात्र ५० करोड बढीको क्षति, ताप्लेजुङसँग यातायात सम्बन्ध विच्छेद
असार ३, २०८० आइतबार

ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

असार ३, २०८० आइतबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

लोकप्रिय
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
असार ३, २०८० आइतबार

भाउ नपाएपछि सडकमा फालियो ३० हजार किलो गोलभेंडा

भाउ नपाएपछि सडकमा फालियो ३० हजार किलो गोलभेंडा
असार ३, २०८० आइतबार

छुटाउनुभयो कि?

logo

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
बजार/ब्राण्ड
भन्सार/राजस्व
गीत / संगीत
नेपाली सेना
क्रिकेट
फिचर
भलिबल
तस्करी
फाईनान्स कम्पनी
प्राकृतिक प्रकोप
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीति
सम्पर्क
Editor-In-Chief
Indra Rijal
Publisher
Sadawahar Media House Pvt.Lge



spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles