कृषि मन्त्रालयमाथिको विनियोजित शीर्षकबारे बोल्दै नेपाली कृषि उपजको माग विदेशमा उच्च रहेको तर सरकारले ध्यान दिन नसक्दा उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउन नसकिरहेको बताए । कोदो, फापर लगायत कृषि उपज सुगरका बिरामीले समेत खान मिल्ने चिकित्सकको सुझाव रहेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने व्यवस्था आगामी आवबाटै गर्न सुझाव दिए । ‘जब सुगरले किड्नी हान्छ, त्योबेला बिरामीलाई खान हाम्रो कोदो, आँट चाहिँदो रहेछ, हेर्नुस् त हामी कति धन रहेछौ’ उनले भने ।
कृषि बजेटमा कोल्डस्टोरको व्यवस्था गरिएपनि किसानले सडकमा गोलभेडा, दूध, बन्दकोपी सडकमा फ्याँक्नुपर्ने अवस्था कायमै रहेको भन्दै किसानको हितलाई शिरमा राखेर सरकारले काम गर्नुपर्ने बताए । कुषिबाटै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताए । उनले रासायनिक मल कारखानाभन्दा पत्कर र गाईवस्तुमा मल बनाउन जोड दिनुपर्ने बताए ।
यस्तै शिक्षा क्षेत्रमा नेपाली जनशक्ति हरेक विधानमा उत्कृष्ट रहेको बताउँदै सरकारले उचित छात्रवृत्ति दिएर दक्ष जनशक्ति उत्पादन गर्न जोड दिनुपर्ने बताए । उनले धार्मिक र भौगोलिक पर्यटनबाटै देशलाई आर्थिक सम्पन्न तुल्याउन सकिने बताए । उनले लुम्बिनीमा सयौं बेडको प्रसति अस्पताल बनाउन सके मात्र पनि संसारबाट लाखौं बौद्ध धर्मका अनुयायी बुछ जन्मिएको स्थान लुम्बिनीमा बच्चा जन्माउन आउने र पर्यटक बढ्ने बताए ।
क्रिकेट, फुटबल लगायत खेलकुदको विकासका लागि कम्तीमा मैदान बनाउन ठोस नीति बनाउन सुझाव दिए । विश्वभर वीर सहासीको बहादुरी कमाएका गोर्खालीले क्रिकेट र फुटबल मात्रै हानेर पनि पैसा कमाउन सकिने उनको भनाइ थियो । क्रिकेट मैदानमा लागि पुग्दो मात्रामा बजेट छुट्याउन सुझाव दिए । साथै, कला र मनोरञ्जन क्षेत्रको पर्यटनबाटै प्रशस्त आम्दानी लिने आधारमा प्रचुर रहेको उनको भनाइ छ ।
कृषि, पर्यटन, सुरक्षा, नैतिकताका विषयलाई पाठ्यक्रममा समावेश गरेर बाल उमेरदेखि नै नागरिकलाई देशप्रेमी बनाउन अनिवार्य भएको बताए ।
उनले शहर बजारमा फोहोरले दुर्गन्ध फैलाउने क्रम नरोकिएको भन्दै नागरिकको स्वास्थ्य धुमपानले मात्र नभई फोहोरका कारण बिग्रिरहेको बताए । नागरिकलाई दुर्गन्ध हटाउन चुराटको धुँवा सहारा लिनुपर्ने अवस्थामा पुुर्याउने तरिकाबाट सरकार अगाडि बढिरहेको उनले टिप्पणी गरे ।
मुलुकमा कानूनी राजबाहेक अन्य कल्पना गर्न नसकिने भन्दै अपराध कर्म गर्ने जोकोहीलाई कानून दायरामा ल्याउन सरकारले खुट्टा कमउन नहुने बताए । समाजमा अमयचयन र न्याय दिलाउन आवश्यक पर्ने कानून बनाउन ढिलाई नगर्न कानूनमन्त्रालयको ध्यानाकर्षण गराए ।
राजनीति
कृषि
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
खुमलटारको धान रोपाइँमा विप्लव
खुमलटारको धान रोपाइँमा विप्लव
असार ६, २०८० बुधबार
यसवर्ष उच्च तापक्रमले मकै उत्पादन घट्ने
यसवर्ष उच्च तापक्रमले मकै उत्पादन घट्ने
असार ४, २०८० सोमबार
दुग्ध किसानलाई ४७ लाख बढी अनुदान रकम वितरण
दुग्ध किसानलाई ४७ लाख बढी अनुदान रकम वितरण
असार ४, २०८० सोमबार
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)
असार ५, २०८० मंगलबार
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
असार ४, २०८० सोमबार
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी
असार ४, २०८० सोमबार
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
असार ५, २०८० मंगलबार
लोकप्रिय
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
१
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
असार ५, २०८० मंगलबार
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
२
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
असार ६, २०८० बुधबार
बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
३
बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
असार ६, २०८० बुधबार
छुटाउनुभयो कि?